नेपाली चलचित्रमा डिजिटल प्रबिधिमा बनेका चलचित्रलाई प्रोत्साहन गर्न तथा चलचित्रकर्मीको सम्मानका लागि आयोजना हुँदै आएको यो अवार्ड कार्यक्रममा आइतबार बिभिन्न ३१ विधा सहित जुरी अवार्ड, क्रिटिक्स अवार्ड र पब्लिक च्वाईस अवार्ड गरी ३४ विधामा अवार्ड वितरण गरियो । यस वर्षको अवार्डमा रेखा थापा नायिका, सौगात मल्ल नायक, निर्देशकमा उज्जल घिमिरे, नव नायिकामा बिनिता बराल र नव नायकमा संयम पुरीले हात पारे भने उत्कृष्ट चलचित्र अन्दाज ठहरियो । भिडियो : दीपेशराज थारु ।
0 comments
Write Down Your Responses